Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

के होला जीवन लुईटेलको यो वर्ष ?

फिल्मीखबर, काठमाण्डौ, 2014/06/15
गएको वर्ष अभिनेता जीवन लुईटेलको लागि फलिफाप रहेन । मुख्य भूमिका रहेको फिल्मले जीवनलाई व्यवसायिक सफलता दिएन भने व्यवसायिक सफल फिल्मको भागिदार उनी भएनन् ।
 
०७१ सालमा भने जीवनलाई लक लाग्ने संकेत देखिएको छ । यो वर्ष जीवनका ‘जाउँ हिंड पोखरा’, ‘ठूली’, ‘स्टुपिड मन’, ‘शिशा’ गरी झन्डै आधा दर्जन फिल्म प्रदर्शनमा आउँदैछन् । यी फिल्म व्यावसायिक रुपमा सफल भएको खण्डमा जीवनको पोल्टो सफलताको क्रेडिटले भरिनेछ । 
 
अभिनेत्री रेखा थापासँगको ‘जाउँ हिंड पोखरा’, गरिमा पन्तसँगको ‘ठूली’, उमा बेबीसँगको 'शीशा' र नव अभिनेत्री चाँदनी शर्मासँगको ‘स्टुपिड मन’ जीवनका आशातित् फिल्म हुन् । ‘ठूली’ रिलिज भएको दुई साता पछि ‘स्टुपिड मन’ रिलिज हुनेछ । प्रदर्शनको पर्खाइमा रहेका यी फिल्मले जीवनलाई सफलताको स्वाद देलान् ?
Most Visited News (monthly)