Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मुखौटा`ले तान्यो त दर्शक ?

फिल्मीखबर, काठमाण्डौ, 2014/06/15
फिल्म ‘मुखौटा’ को सुरुवाती व्यापार अपेक्षा विपरीत हुन गएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार जेठ ३० गते यो फिल्मले उत्साहको व्यापार गर्न नसकेपनि दोस्रो दिन शनिबारको व्यापार चित्तबुझ्दो रहेको निर्माता रविन श्रेष्ठले फिल्मीखबरलाई बताए । 
 
निर्माता श्रेष्ठका अनुसार ‘मुखौटा’ को व्यापारलाई जारी विश्वकप फुटबलले असर गर्यो । फिल्मले २ दिनमा कति व्यापार गर्यो ? हिसाब प्राप्त भैनसकेको निर्माता श्रेष्ठले बताए । नेपाल रिलिजबाट फिल्मको लगानी उठ्ने मुस्किल देखिएको छ । निर्माताले ‘मुखौटा’ को लगानी एक करोड रुपैयाँ दाबी गरेका छन् । 
 
अष्ट्रेलिया बाहेक अन्य कुनैपनि देशमा फिल्मको प्रदर्शनाधिकार बिक्री भएको छैन । ‘मुखौटा’को माउथ पब्लिसिटी राम्रो छैन । अभिनेता अर्पण थापाको पहिलो निर्देशकिय फिल्म ‘मुखौटा’ सोचे अनुरुप नभएको दर्शक तथा समिक्षकको प्रतिक्रिया छ । 
 
सुनिल थापा, राजेश हमाल, सौगात मल्ल, दयाहाङ राई, निशा अधिकारी, हर्षिका श्रेष्ठ, रविन तामाङ, प्रशान्त ताम्रकार जस्ता कलाकारको जम्बो टोली रहेको ‘मुखौटा’ लाई फिल्म ‘छड्के’सँग दाँज्न थालिएको छ । यस्तै जम्बो कलाकोर टोली र सर्वाधिक चर्चा पाएको ‘छड्के’ले दर्शकको मन जित्न नसक्दा निर्मातालाई घाटा पुगेको थियो ।
Most Visited News (monthly)