बर्ष ०७१ को शुरूवातमा प्रदर्शनमा आएका दुई फिल्म 'नोभेम्बर रेन' र 'कबड्डी'ले दर्शकको राम्रो साथ पाए । राजधानीका मुख्य मल्टिप्लेक्समा 'कबड्डी'ले राज गरेपनि सिङ्गल स्क्रिनमा भने 'नोभेम्बर रेन' सफल बन्यो । यद्धपी 'नोभेम्बर रेन'ले दर्शकको अत्याधिक भिड रहने गोपिकृष्ण हल र गुण हलमा ५१ औं दिन मनाएको छ ।
फिल्म हेर्नको लागि आजको दिनसम्म पनि दर्शकले साथ दिईरहेको निर्माता सुवास गिरीको दावी छ । निर्माता गिरीले फिल्मबाट नाफा कमाएको बताए । त्रिकोणात्मक प्रेम कथामा आधारित दिनेश राउत निर्देशित यो फिल्ममा आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङ मुख्य भूमिकामा छन् ।
नेपालबाट नै फाईदा कमाएको बताउने निर्माता गिरीले छिट्टै नै अष्ट्रेलिया, अमेरिका, युके, साउथ कोरिया, मलेसिया, जापान, हङकङ, कतार, पोर्चुगल लगायतका देशमा फिल्म रिलिज गर्ने बताए ।

