Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निफमा `फ्रेमिङ द अदर्स` उत्कृष्ट

फिल्मीखबर, काठमाण्डौ, 2014/06/14
‘आठौं अन्तराष्ट्रिय आदिवासी फिल्म महोत्सव २०७१ (निफ)’मा इथोपियाको बृत्तचित्र ‘फ्रेमिङ द अदर्स’ उत्कृष्ट भएको छ । स्वदेशी र विदेशी ४९ ओटा फिल्म मध्येबाट उत्कृष्ट फिल्मको अवार्ड बुइलेम तिम्मेर्स र इजाकोक निर्देशित ‘फ्रेमिङ द अदर्स’ उत्कृष्ट भएको हो । 
 
इथोपियाका मुर्सी जातिले आफ्नो ओठमा ठुलो प्लेट राख्ने प्रचलनमा आधारित यो बृत्तचित्रले प्रथम भए बापत ‘गोल्डेन ड्रम अवार्ड’ जितेको छ । सो महोत्सवमा ब्राजिलको बृत्तचित्र ‘वनर्स अफ द वाटर’ले दोस्रो पुरस्कार प्राप्त गरेको छ । लौरा आर ग्राहम, डेजिड हेर्नान्डेज पामर र कैमी वाईसे निर्देशित यो बृत्तचित्रले ‘सिल्भर ड्रम अवार्ड’ जितेको छ । ब्राजिलमा पानीको लागि आदिबासीले गरेको संघर्षमा यो बृत्तचित्र आधारित छ । 
 
 
यस्तै मारिना आलोफाजिया मेकार्टनीद्धारा निर्देशित लघु फिम ‘मिल्क एन्ड हनी’ले तेस्रो स्थान हासिल गर्दै ‘ब्रन्ज ड्रम’ प्राप्त गरेको छ । न्युजिल्याण्डको यो लघू फिल्म एक गर्भवती महिलाको समस्यामा केन्द्रित छ । यस्तै महोत्सवमा लासा ली निर्देशित पाकिस्तानी बृत्तचित्र ‘द कलाश एन्ड द क्रेसेन्ट’ले जुरीको रोजाईको फिल्म अन्तर्गत ‘जुरी अवार्ड’ प्राप्त गरेको छ । ‘जुरी अवार्ड’ बापत यो फिल्मलाई पनि 'ब्रन्ज ड्रम' प्रदान गरियो ।
 
 
यस्तै नेपाली पानोरमा अन्तर्गत उत्कृष्ट फिल्मको अवार्ड तामाङ समुदायको सँस्कृती संरक्षणका लागि निर्माण गरिएको फिल्म ‘इतिहासले मेटाइएको तामाङ जनजातिको पहिचान’ले जितेको छ । यो फिल्मले ट्रफी सहित २५ हजार रुपैयाँ प्राप्त गरेको छ । यो बृत्तचित्रको निर्देशन दोर्जे तामाङले गरेका हुन् । महोत्सवमा ‘इन्करेजमेन्ट अवार्ड’ सन्त घर्तीमगर निर्देशित बृत्तचित्र 'कापाई'ले प्राप्त गरेको छ । निर्देशक मगरले अवार्डसँगै १५ हजार रुपैयाँ प्राप्त गरे । 
 
 
दर्शकहरुबाट सबै भन्दा बढी मत प्राप्त गरेर सागर केरुङ निर्देशित लिम्बु भाषाको छोटो फिल्म ‘पुङसाम’ले ‘पब्लिक च्वाईस अवार्ड’ र सो फिल्मको टिकट बिक्री बापतको ९ हजार रुपैयाँ समेत प्राप्त गरेको छ । लिम्बु सामुदायमा शिकारी देवताको पुजा नगरी सिकार खेल्न जाँदा त्यसको परिणाम नकरात्मक हुन्छ भन्ने कथामा यो लघू फिल्म आधारित छ । २९ जेठबाट शनिबारसम्म चलेको यो महोत्सवमा करिब १५ हजार दर्शक सहभागी भएका थिए ।
 
 
Most Visited News (monthly)