साउन १६ गते रिलिज हुन लागेको फिल्म 'मेरो भ्यालेन्टाइन'ले मित्रता र प्रेममा आउने उतारचढावको कथालाई पेश गरेको छ । यहि माया प्रेममा हुने धोका र त्यसको पीडालाई प्रस्तुत सार्वजनिक गीतमा देखाईएको छ ।
फिल्मका अभिनेता बाबु बोगटीकै शब्द, संगीत तथा स्वर रहेको प्रस्तुत गीतमा बाबुसँगै निशा अधिकारी, स्वतन्त्र प्रताप शाह र सुस्मिता ढकालको अभिनय रहेको छ । सुशिल श्रेष्ठद्वारा निर्मित यस फिल्मका लेखन तथा निर्देशक सुरज सुब्बा ‘नाल्बो’ हुन् ।

