Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

जेठमा जोगियो त फिल्मको लगानी ?

फिल्मीखबर, काठमाण्डौ, 2014/06/14
जेठ महिनामा आधा दर्जन बढी फिल्म प्रदर्शनमा आए । यही साताबाट प्रदर्शनमा आएको फिल्म ‘मुखौटा’ लाई छोडेर बाँकी फिल्मको व्यापार जेठ महिनाभर कस्तो रह्यो ? फ्ल्यास ब्याकतर्फ लागौं । 
 
जेठको पहिलो साता प्रदर्शनमा आएको फिल्म ‘आवरण’ ले सोचे अनुरुपको व्यापार गर्न सकेन । तर्साउने यो फिल्मले न दर्शकलाई तर्सायो न निर्माता निर्देशकलाई नै खुसी पार्न सक्यो । फिल्ममा अभिनेत्री प्रियंका कार्की शिर्ष भूमिकामा थिइन् । सुवास कोइराला निर्देशित ‘आवारण’ बाट निर्माता अनिल योञ्जनले नाफा कमाउन सकेनन् ।
 
‘आवरण’ सँगै प्रदर्शनमा आएको फिल्म ‘पीपल’ को व्यापार अत्यन्त न्यून रह्यो । आमा अभिनेत्री अरुणिमा लम्सालको कमब्याक सुखद् हुन सकेन । जेठ दोश्रो साता ‘हँसिया’ प्रदर्शनमा आयो । नव अभिनेत्री हेमा श्रेष्ठको एक्सनले ‘हँसिया’ हेर्न हलमा दर्शकको ओइरो लाग्ने अपेक्षा अधुरै रह्यो । नेपाल रिलिजबाट व्यवसायिक नाफा नपाएपनि ‘हँसिया’ बाट निर्देशक मिलन चाम्स र भिलेन अनुप विक्रम शाहीलाई भने कामको राम्रो प्रतिक्रिया मिल्यो । यद्पी विदेश प्रदर्शनबाट ‘हँसिया’ निर्मात्री दुर्गा घलेले फिल्मको लगानी उठाउने विश्वास छ । 
 
‘हँसिया’ सँगै प्रदर्शनमा आएको अर्को फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’ ले पनि व्यापारिक सफलता पाएन । अभिनेत्री प्रियंका कार्कीको पहिलो फिल्मको व्यापार न्यून रह्यो । स्तनमा माछा छोपेर सस्तो प्रचार गरेकी अभिनेत्री शुभेच्छा थापा निर्मित फिल्म ‘मिस नेपाल’ले पनि दर्शक तान्न सकेन । 
 
जेठमा प्रदर्शन भएका ‘जोडी नम्बर १’, ‘लुकी लुकी’ जस्ता फिल्मले दर्शकलाई हलसम्म तान्न सकेनन् । यी फिल्मको व्यापार निकै न्युन रह्यो । समग्रमा जेठ फिल्मको लगानी खेर गएको महिना बन्न गयो । जेठको अन्तिम साताबाट प्रदर्शनमा आएको फिल्म ‘मुखौटा’को ओपनिङ सुखद नरहेपनि शनिबारबाट राम्रो हुने अपेक्षा गरिएको छ ।
Most Visited News (monthly)