लाग्छ, अभिनेत्री करिश्मा मानान्धरको उमेरसँगै सौन्दर्य पनि बढ्दैछ । ४५ बसन्त नजिक भएपनि करिश्माको सुन्दरतामा कुनै कमी आएको छैन । करिश्मा र सुन्दरता एक अर्काका परिपुरक नै हुन भन्दा फरक नपर्ला ।
फिल्म निर्देशक सुरेश दर्पण पोखरेलले निर्देशन गरेको एक म्युजिक भिडियोमा करिश्माको सुन्दरताको जल्वा देखिएको छ । ‘जुन तारासँगै रातमा आउँछु भनेर’ बोलको भिडियोमा करिश्मा सन् १९७० को दशकको लुक्समा प्रस्तुत भएकी छिन् ।
सुन्दरताका कारण चर्चामा आउने करिश्मालाई फेसन स्टाइलिस निलिमा शर्माले यती धेरै सुन्दरी देखाएकी हुन् । गोदावरीमा छायाँकन गरिएको यस म्युजिक भिडियोमा कमल राईको नृत्य निर्देशन छ । भिडियोलाई हरी हुमागाईंले खिचेका हुन् । स्वर प्रनेस मास्केको छ ।

