Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरामा प्रशान्तको `निशानी`

फिल्मीखबर, काठमाण्डौ, 2014/06/13

प्रशान्त तामाङ अभिनित फिल्म ‘निशानी’ को बिहिबार पोखरामा च्यारेटी गरिएको छ । पोखराको रानाभाट समुदायले बालबालिकाको शिक्षा, जेष्ठ नागरिकको उपचार तथा कलाकारको सम्मानका लागि ‘निशानी’को च्यारेटी गरेको हो ।


पोखराको विन्दवासिनी फिल्म हलमा आयोजना गरिएको च्यारेटीमा झन्डै चार सयको संख्यामा दर्शकको सहभागिता थियो । च्यारेटी गर्दै हिंडेको यो फिल्म सार्वजनिक प्रदर्शनमा आउँन बाँकी छ । यसै वर्ष प्रदर्शन आउने फिल्मलाई अन्य ठाउँमा पनि च्यारेटी गर्ने निर्माण युनिटको योजना छ ।

‘निशानी’ मा प्रशान्त तामाङसँगै अनु गुरुङ, सिरु बिष्ट, विष्णु चेम्जोङ, प्रेम सुब्बा, कोपिला थापा, जयनन्द लामा लगायतको अभिनय छ । कारगिल युद्धमा ज्यान गुमाएका सैनिकको विषयमा निर्मित यो फिल्मको छायाँकन सिक्किम, इलाम र घलेगाउँ लगायत स्थानमा गरिएको छ । फिल्मलाई बिनोद सेरेङले निर्देशन गरेका हुन् ।

Most Visited News (monthly)