Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुमारीमा `मुखौटा` प्रिमियर (फोटो फिचरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/06/13

फिल्म ‘मुखौटा’ को बिहिबार साँझ भव्य प्रिमियर गरियो । कुमारीको दुई वटै हल ‘मुखौटा’ प्रिमियरमा हाउसफुल भए । साँझ साढे ७ बजेतिर सुरु भएको ‘मुखौटा’ को प्रिमियर हेर्न लायकको रह्यो ।

 

 


अभिनेत्री निशा अधिकारी क्रिकेटर शरद भेषवाकरसँगै देखिंदा अर्की अभिनेत्री हर्षिका श्रेष्ठ भने घाइते खुट्टा खोच्याउँदै कुमारी हल पुगिन् । एक फिल्ममा एक्सन दृश्य दिंदा घाइते बन्न पुगेकी हर्षिका साथीको सहयोगमा हिडिरहेकी थिइन् ।

अभिनेत्री नन्दिता केसी, प्रियंका कार्की, केकी अधिकारी, रिमा विश्वकर्मा, प्रथम मिस नेपाल रूवी राणा, दिपक र दिपाको जोडी लगायतको उपस्थितिले ‘मुखौटा’ को प्रिमियर ग्ल्यामरस बन्न पुग्यो । दयाहाङ बाहेक ‘मुखौटा’ का कलाकार सबै प्रिमियरमा सहभागी थिए ।

 

 


निर्देशक अर्पण थापा सहित सुनिल थापा, राजेश हमाल, सौगात मल्ल, दयाहाङ राई, निशा अधिकारी, हर्षिका श्रेष्ठ, रविन तामाङ र प्रशान्त ताम्रकारको मुख्य भूमिका रहेको 'मुखौटा' आजबाट देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमा अभिनेता सौगात मल्लको अभिनयलाई सर्वाधिक रुचाइयो ।‘मुखौटा’मा सौगातले ड्रग एडिक्टको भूमिका निभाएका छन् । ‘मुखौटा’लाई रविन श्रेष्ठले निर्माण गरेका हुन् ।

Most Visited News (monthly)