Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

शरद भेषवाकरलाई च्यापेर `मुखौटा`को प्रिमियरमा निशा

फिल्मीखबर, काठमाण्डौ, 2014/06/13

अभिनेत्री निशा अधिकारी र चर्चा एक अर्काका परिपूरक हुन थालेको छ । सगरमाथाको आरोहण पश्चात चर्चा चुलिएको निशाको थप चर्चा चुलिने काम क्रिकेटर शरद भेषवाकरसँगको निकटताले दिलाएको छ ।

 


केहि महिना अगाडीदेखि निशा र शरदको सम्बन्धलाई लिएर गाईंगुईं चलिरहेको छ । निशाले शरदलाई फेसबुकमार्फत बधाई र शुभकामना दिनु, बिभिन्न समारोहमा हात समातेर लिएर हिड्नुले निकटतम सम्बन्ध रहेको प्रस्ट्याएको छ । यहि निकटता फिल्म 'मुखौटा'को प्रिमियरमा पनि देखियो ।


बिहीबार साँझ कुमारी हलमा गरिएको 'मुखौटा'को प्रिमियरमा निशाले शरदलाई निम्तो दिएको मात्र हैन आफैले हात समातेर हलमा ल्याएकी थिईन् । निशा र शरद एकसाथ फिल्म हलमा देखिंदा कानेखुसी हुन थाल्यो, 'साँच्चिकै प्रेममा रहेछन् कि क्या हो !' सायद सत्य यहि नै हुनुपर्छ, निशा र शरद प्रेममा छन् ।

Most Visited News (monthly)