'नेपाल अर्न्तराष्ट्रिय आदिवासी फिल्म महोत्सव २०७१' राजधानीमा सुरु भएको छ । आइफाले आयोजना गरेको आठौं सस्करणको महोत्सवको उद्घाटन संकृतीविद् सत्यमोहन जोशीले गरे ।

महोत्सवमा नेपाल सहित १८ देशका आदिवासी जनजाती सम्बन्धी फिल्म प्रदर्शन हुनेछन् । महोत्सवको उद्घाटनसँगै ब्राजिलको छोटो फिल्म 'अनर्स अफ द वाटर' प्रदर्शन गरियो । महोत्सव उद्घाटन अघि विभिन्न आदिवासी जनजातिका संकृती झल्काउने झाँकी प्रस्तुत गरिएको थियो ।
महोत्सवमा ३६ वटा लामा र छोटा फिल्म देखाइनेछ । महोत्सवमा अर्न्तराष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट हुने फिल्मले ‘गोल्डेन ड्रम’, द्वितीय हुनेले ‘सिल्भर ड्रम’, तृतीय हुनेले ‘ब्रन्ज ड्रम’, जुुरी अवार्ड प्राप्त गर्ने फिल्मले पनि ‘ब्रन्ज ड्रम’ प्राप्त गर्नेछन् । नेपाली पानोरमा अन्तर्गत उत्कृष्ट हुनेले १५ हजार रुपैयाँ र नेपाली पानोरमा अन्तर्गत नै प्रोत्साहन पुरस्कार प्राप्त फिल्मले २५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रमुख अतिथी जोशीले महोत्सवका निर्णायक भारतीय फिल्मकर्मी जे एल भारद्धाज, जापानी फिल्मकर्मी मिजोगुची नाओमी र संचारकर्मी अनिता गुरुङलाई सम्मान गरेका थिए ।

