Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`फिङगर प्रिन्ट` बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/06/03

पछिल्लो समय नेपाली फिल्मको नाम अंग्रेजी राख्ने प्रचलन ‘नर्मल’ बन्दै गइरहेको छ । अङग्रेजी नामकै अर्को नेपाली फिल्म ‘फिङगर प्रिन्ट’ निर्माण हुने भएको छ ।

अङग्रेजी नामको फिल्म ‘फिङगर प्रिन्ट’को मंगलबारदेखि छायाँकन सुरु भएको छ । नविन निर्रौलाले निर्देशन गर्ने यो फिल्म मेडिकल साइन्ससँग सम्बन्धित छ । ‘फिङगर प्रिन्ट’ बारे निर्देशक निर्रौलाले भने, ‘संसारमा एउटा यस्तो रोगको औषधी पत्ता लागेको छ जुन रोगको औषधी सेवनबाट मानिसको फिङ्गर प्रिन्टस् हराउँछ ।’

‘फिङगर प्रिन्ट’ हटाएर गरिने चोेरी डकैतीसँगै फिल्ममा लभ र रोमान्सका कथाहरु पनि रहने निर्देशक निर्रौलाले बताए । यो फिल्को लगानी अनिल श्रेष्ठको हो । निर्देशक निर्रौलाकै कथा रहेको ‘फिङगर प्रिन्ट’ मा सरिता लामिछाने, रमेश बुढाथोकी, ओम प्रतिक, रश्मी भट्ट लगायत नव कलाकारको अभिनय छ । राजेन्द्र श्रेष्ठको संगीत रहेको फिल्ममा सुमन तण्डुकारको छायाँकन हुनेछ ।

Most Visited News (monthly)