फिल्म ‘सेफ ल्यान्डिङ’ अष्ट्रेलियाको सिड्नी शहरमा प्रिमियर हुने भएको छ । यो फिल्म आउँदो अगस्टको ९ तारिखमा प्रिमियर हुनेछ । लगत्तै यो फिल्मको १० तारिखमा पनि शो हुने निर्माता बसन्त भण्डारीले दिए ।
‘सेफ ल्यान्डिङ’ प्रिमियरको लागि अभिनेत्री झरना बज्राचार्य अष्ट्रेलियातर्फ जाँदैछिन् । ड्रग ‘सप्लाइ’ गर्ने माफियाको कथामा आधारित फिल्ममा झरना सहित निरज बराल, सुशिलराज पाण्डे, सुमिना घिमिरे, शिखा शाही, बिएस राणा, रवि गिरी लगायतको अभिनय रहेको छ ।
सन्दिप जोसेपद्धारा निर्देशित यो फिल्म नेपाल रिलिजको उचित अवसरमा छ । ‘सेफ ल्यान्डिङ’ लाई बसन्त भण्डारी र राहुल अग्रवालले संयुक्त रुमा निर्माण गरेका हुन् । 'सेफ ल्याण्डिङ'को सम्पादन बलिउड फिल्म सम्पादक मेघना अश्चित श्रीवास्तवले गरेकी हुन् ।
फिल्ममा राजन इशानको संगीत, जोन ज्याकोभको छायाँकन तथा हिमाल केसीको द्धन्दनिर्देशन रहेको छ । नो वरिज फिल्म्सको व्यानरमा निर्माण गरिएको यो फिल्मको कथा निर्देशक जोसेप र शान बस्न्यातले तयार पारेका हुन् ।

