Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

`गोरे`ले फर्काउला दिलिपको क्रेज ?

फिल्मीखबर, काठमाण्डौ, 2014/06/02

एक समय नेपाल फिल्मका दर्शकमाझ सर्वाधिक रुचाइएका अभिनेता दिलिप रायमाझी पछिल्लो केही वर्षदेखि हराएको अवस्थामा छन् । दर्जन बढी हिट फिल्म दिएका दिलिपको भागमा पछिल्लो समय फिल्म छैन भन्दा पनि हुन्छ । फाट्टफुट्ट फिल्ममा देखिएपनि वर्तमान फिल्म बजारमा दिलिपको चर्चा खासै हुने गरेको छैन ।

शरीरलाई फिट राख्न नसक्दा दिलिपलाई अन्य हिरोले रिप्लेस गर्ने अवसर पाए । आफैले निर्माण गरेको फिल्म ‘मिस यू’ले समेत सोचे अनुरुप सफलता पाउन नसकेपछि दिलिपको फिल्मी करिअर हराएकै जस्तो देखियो ।

भर्खरै मात्र दिलिपले एउटा फिल्म खेल्ने सम्झौता गरेका छन् । जुन फिल्मको नाम ‘गोरे’ राखिएको छ । अभिनेत्री अनु शाह अपोजिटमा रहने यस फिल्मले दिलिपको क्रेजलाई फर्काउने स्वयम् दिलिपको विश्वास छ । रमेश कुमार राईको निर्देशन रहने यो फिल्मको छायाँकन यसै महिनाको अन्त्यबाट सुरु हुँदैछ ।

Most Visited News (monthly)