शम्भू प्रधानको फिल्म ‘रङ वैजनी’ को छायाँकन सकिएको छ । अनुमानित तालिका अनुसार नै २९ दिनमा यस फिल्मको छायाँकन सकिएको हो । यसै साता सिने जोन स्टुडियोबाट फिल्मको सम्पादन कार्य सुरु हुने निर्देशक प्रधानले बताए ।
लामो समयपछि फिल्म निर्देशनमा फर्किएका शम्भूको ‘रङ वैजनी’ मा अभिनेत्रीद्धय गरिमा पन्त र सुमिना घिमिरेको मुख्य भूमिका रहेको छ । मोडल दिक्पाल कार्की यसै फिल्मबाट नायकको रुपमा डेव्यु गर्दैछन् । फिल्म पूर्ण प्रेमकथामा आधारित छ ।
फिल्मको पूरै छायाँकन काठमाण्डौ आसपासमा गरिएको छ । होम प्रोडक्सनको फिल्म ‘रङ वैजनी’बाट निर्देशक प्रधानका छोरा शशांक प्रधान क्यामेरा पर्सनको रुपमा डेव्यु गर्दैछन् । बलिउड फिल्म खिच्ने विनोद प्रधानका छोरा दिप प्रधान पनि यसै फिल्मबाट संगीतकारको रुपमा उदाउँदै छन् । निर्देशक एवं निर्माता शम्भू प्रधानले ‘रङ वैजनी’ यसै वर्ष प्रदर्शन हुने बताए ।

