अभिनेत्री करिश्मा मानन्धर केन्द्रित फिल्म निर्माण हुने भएको छ । शिर्षक तय गर्न बाँकी फिल्ममा आफ्नो भूमिका करिअरकै फरक तथा महत्वपूर्ण हुने करिश्माले बताइन् ।
करिश्माले आफ्नो भूमिका बारे भनिन्, ‘भूमिका राम्रो भएर नै फिल्म साइन गरेको हुँ । तर, फाइट हान्ने भूमिका भने हैन ।’ एनबी महर्जनले निर्देशन गर्ने उक्त फिल्ममा करिश्माको फरक अवतारलाई देखिनेछ । फिल्ममा करिश्माले नारी ससक्तिकरणको विषयलाई उठान गर्नेछिन् ।
यही असार महिनाबाट छायाँकन सुरु हुने फिल्ममा करिश्मासँगै अभिनेताद्धय मुकेश ढकाल र जयकिसन बस्नेतको पनि अभिनय रहनेछ । फिल्ममा यी दुई पात्र नेगेटिभ भूमिकामा प्रस्तुत हुनेछन् ।
स्क्रिप्ट फाइनल एवं संगीत रेकर्डिङ भैरहेको बेनामी फिल्ममा टंक बुढाथोकी र किशोर चौधरीको संगीत छ । लगानी लक्ष्मी लामा र शेखर लामाले संयुक्त रुपमा लगाउँदैछन् ।

