Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

`१२ नेपाली एक चिहान`ले बुझायो मन्त्रीलाई ज्ञापनपत्र

फिल्मीखबर, काठमाण्डौ, 2014/06/01

सेन्सर प्रक्रिया प्रवेश गर्नबाटै रोक लगाइएको फिल्म ‘१२ नेपाली एक चिहान’ ले सञ्चारमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ । चलचित्र निर्माता संघको पहलमा फिल्मका निर्माता एवं निर्देशक अरुण प्रधानले सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई मन्त्रालयमै पुगेर आईतबार ज्ञापनपत्र बुझाए ।

 



ज्ञापन पत्र बुझ्दै मन्त्री रिजालले निर्माता र पीडित दुवैलाई ध्यानमा रोखर फिल्म हेर्ने बताए । फिल्म हेरेपछि इराकमा मारिएका परिवारका सदस्यसँग छलफल गर्ने मन्त्रीको योजना छ । त्यस्तै सेन्सर वोर्डका नव नियुक्त अध्यक्ष कविराज खनाललाई फिल्म हेरेर उचित निर्णय लिन समेत मन्त्रीले निर्देशन दिएका छन् ।

इराकमा हत्या गरिएका १२ नेपाली युवाको कथालाई आधार बनाइएको फिल्म ‘१२ नेपाली एक चिहान’ लाई सेन्सर बोर्डले सेन्सरको सिफारिस नगर्न विकास बोर्डलाई आदेश दिएको थियो । मन्त्री समक्ष आदेश खारेजी, लगानी र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणजस्ता माग गर्दै ज्ञापन बुझाइएको हो ।

यस्तै आजै चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मोरवैतालाई पनि ज्ञापन पत्र बुझाईएको छ । नेपाली युवाको इराकमा भएको सामुहिक हत्यामा अमेरिकी अदालतमा मुद्दा चलेको भनिएकाले त्यसको ठोस प्रमाण पेश गर्न पनि माग राखिएको छ ।

Most Visited News (monthly)