साप्ताहिक हाँस्य टेलिश्रृङखला ‘मेरी बास्सै’मा बान्द्रेको भूमिकामा अभिनय गरेर दर्शकको मन जितेका कलाकार सुरज चापागाइँ 'बान्द्रे'ले फिल्म निर्देशन गर्ने भएका छन् । बान्द्रेले निर्देशन गर्ने फिल्मको शिर्षक ‘मेरो स्कूल’ राखिएको छ ।
![]()
सामाजिक सन्देशमुलक फिल्मको छायाँकन यही जेठ महिनाको अन्तिम साताबाट सुरु हुने सुरजले फिल्मीखबरलाई जानकारी गराए । पन्ध्र दिन छायाँकन अवधी राखिएको ‘मेरो स्कूल’लाई काठमाण्डौमै खिचिनेछ । फिल्मका छायाँकार विपिन भाट हुन् ।
निर्देशक चापागाइँ सहित सुरविर पण्डित, सरिता वली, राजेश नाथ र विनोद श्रेष्ठको फिल्ममा अभिनय रहनेछ । निर्देशक चापागाइँ सहित पर्शु निर्रौला र विकास दाहालले ‘मेरो स्कूल’ को लगानीमा सहकार्य गर्नेछन् । सुरजले यसअघि ‘सिस्नु पानी’, ‘लोडसेडिङ’, ‘सेरेको सुर’ र ‘गाडी नं ४२०’ नामक टेलिश्रृङ्खला निर्देशन गरिसकेका छन् ।

