फिल्म ‘हँसिया’ को सिक्वेल बन्ने भएको छ । निर्देशक मिलन चाम्स ‘हँसिया’ सिक्वेलको तयारीमा जुटेका छन् । चाम्सले ‘हँसिया’ को स्क्विेल पनि एक्सन प्रधान हुने बताए ।
‘हँसिया’को काम नसक्दै म सिक्वेलको कथामा लागेको थिएँ,’ निर्देशक चाम्सले भने, ‘आधा जति प्लट सकिसकेको छु । आधा प्लट तयार गर्दैछु ।’ ‘हँसिया’ को सिक्वेलमा पनि लेडिज एक्सन रहने निर्देशक चाम्सले बताए । उनले भने, ‘क्यामेरा र एक्सनको कमाल ‘हँसिया’ को सिक्वेलमा अझै धेरै हेर्न सकिनेछ ।’
‘हँसिया’ को सिक्वेल निर्माण हुन करिब डेढ वर्ष लाग्ने उनले बताए । यो बिचमा एउटा लभ स्टोरी फिल्म निर्देशन गर्ने चाम्सले सुनाए । दोश्रो सातामा प्रदर्शनरत ‘हँसिया’ मा राजेश हमाल, हेमा श्रेष्ठ, अनुप विक्रम शाहीको एक्सन छ ।

