Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.57/5.00)
Text size:-
+
-

श्वेतालाई भित्राउने श्रीकृष्णको तयारी

फिल्मीखबर, काठमाण्डौ, 2014/06/01

मौसम बिहेको छ । ५० वर्षमा अभिनेता राजेश हमालले बिहे गरे । पचासकै उमेर समुहमा पर्ने अभिनेत्री फिल्म मिथिला शर्मा बिहेको तयारीमा छिन् । बिहेको तयारीमा अर्को जोडी पनि थप हुन आएको छ ।

यतिबेला अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनेत्री श्वेता खड्कालाई भित्राउने तयारीमा छन् । यस बारेमा श्रीकृष्णले फिल्मीखबरसँग भने, ‘हो, श्वेतासँग मेरो बिहे हुँदैछ ।’ तर बिहे कहिले र कसरी हुँदैछ भन्ने बारे श्रीकृष्णले अहिले नै खुलाउन चाहेनन् । उनले छोटकरीमा भने, ‘बिहे हुने पक्का हो । अन्य जानकारी केही समयपछि म आफैं सार्वजनिक गर्छु ।’

श्री र श्वेता फिल्म ‘कहाँ भेटिएला’ रिलिज भएसँगै एकअर्कामा नजिकिएका हुन् । ‘कहाँ भेटिएला’ पछि 'श्रीमान् श्रीमती'मा देखिएको श्री र श्वेताको जोडी ‘कोहिनूर’मा देखिदैछ । आकाश अधिकारी निर्देशित फिल्म यही साउन २३ गते अलनेपाल प्रदर्शन हँदैछ ।

व्यवसायिक पार्टनर समेत रहेका श्री र श्वेताले अहिलेसम्म मिडियालाई खुलस्त रुपमा आफ्नो सम्बन्धको बारेमा बताएका थिएनन् । निर्देशक अनुप बराल र अभिनेत्री दिया मास्केको बिहे असार २३ मा हुने खबर छ ।

Most Visited News (monthly)