यहि जेठ ३० गते रिलिज हुन लागेको प्रतिक्षित फिल्म 'मुखौटा'को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री निशा अधिकारीले आफ्नो मन बेहाल भएको भाव व्यक्त गरेकी छिन् ।
भुपेन्द्र खड्काको शब्द तथा कल्याण सिंहको संगीतमा इन्दिरा जोशीले गाएको उक्त गीतमा निशालाई करियोग्राफर रेनशा राईले निकै ग्ल्यामर रूपमा प्रस्तुत गरेकी छिन् । रबिन श्रेष्ठको निर्माणमा अर्पण थापाले निर्देशन गरेको यो फिल्ममा निशासँगै राजेश हमाल, अर्पण थापा, रबिन तामाङ, सौगात मल्ल, दयाहाङ राई, हर्षिका श्रेष्ठ, प्रशान्त ताम्राकारको मुख्य भूमिका छ ।

