Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

५१ औँ दिन मनाउदै `नाईँ नभन्नू ल २`

फिल्मीखबर, काठमाण्डौ, 2014/05/31

चैत्र २८ देखि प्रर्दशित फिल्म ‘नाईँ नभन्नू ल २’ ले गौरवमय ५१ औँ दिन मनाउन सफल भएको छ । आज शनिबार फिल्म प्रदर्शन भएको ५१ दिन पुग्ने भएपछि निर्माण युनिटले सफलताको खुसी बाँढ्दै छ ।

 

सफलताको खुसी बाँढ्न निर्देशक विकाश आचार्यसहित मुख्य पात्र अनुभव रेग्मी, अभिनेता सोहित मानन्धरको साथका कलाकारहरू कविता रेग्मी, उत्तम केसी, वितरक विक्रम पराजुली, मुख्य सहायक निर्देशक मुस्कान ढकाल, सिविन दाहाल, मेकअप आर्टिष्ट श्याम बराल र निर्देशक योगेश घिमिरे दाङ पुगेका छन् । टोलीले शनिबार तुलसीपुरमा रहेको बिष्णु चलचित्र मन्दिरमा दर्शकसँग ५१ औं दिनको सफलता बाँढ्दै छ ।


बुटवलको कालिका हल भ्रमण गर्दै तुलसीपुर पुगेका निर्देशक आचार्यले प्रदर्शनको ५१ दिन सम्म आईपुग्दा फिल्मले नेपालबाट ४ करोड माथिको ग्रस कारोवार गर्न सफल भएको बताए । बिष्णु चलचित्र मन्दिरको साथमा काठमाण्डौका गोपीकृष्ण र गुण हलमा समेत यो फिल्मले प्रर्दशनको ५१औँ दिन पुर्याएको छ । लामो समयपछि नेपाली फिल्मले ५१ औं दिन मनाएको हो ।

Most Visited News (monthly)