चर्चित फेसन डिजाइनर नीलिमा शर्माले काठमाण्डौको नयाँ बाँनेश्वरस्थित अल्फाविटा कप्लेक्समा 'नीलिमा फेशन स्टूडियो' संचालनमा ल्याएकी छिन् । ‘नीलिमा फेशन स्टूडियो’को नायिका करिश्मा मानन्धरले उद्घाटन गरिन् ।


नीलिमाले स्टूडियोमा बजारमा विरलै पाइने आधुनिक डिजाईनका ड्रेसहरू उपलब्ध हुने बताइन् । उनले यो स्टूडियोमा आफूले डिजाइन गरेका ड्रेसहरू भने नराखेको बताइन् । थाइल्याण्ड, हङकङ लगायतका देशहरुबाट ल्याइएका २ हजारदेखि ४० हजारसम्मका आकर्षक ड्रेसहरू नीलिमाको स्टूडियोमा भेट्न सकिन्छ ।
‘नीलिमा फेशन स्टूडियो’को उद्घाटनमा अभिनेत्री निशा अधिकारी, अभिनेता रमेश उप्रेती लगायतको उपस्थिती थियो । उपस्थित सबैले नीलिमालाई सफलताको शुभकामना दिए । नीलिमाले नेपाली फिल्ममा 'कस्ट्यूम डिजाईन'को काम गर्ने गर्दछिन् ।

