दयाराम दाहाल निर्देशित फिल्म ‘मिसन फर ट्वान्टी’को प्रोमोले शहरमा शिक्षा हैन शरिर बिक्दो रहेछ भन्ने आशय प्रस्तुत गरेको छ । यो फिल्म असार ६ गते अल नेपाल प्रदर्शन हुँदैछ ।
‘मिसन फर ट्वान्टी’ मा सुमन सिंह, महिमा सिलवाल, निर्मल सेन्चुरी, कृष्टी पौडेल लगायतको अभिनय रहेको छ । निर्देशक दाहाल सहित मन्दिल श्रेष्ठ र कुमार बिष्टले यस फिल्ममा लगानी लगाएका छन् ।
तारा प्रकाश लिम्बुको संगीत समावेश फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन र रोशन श्रेष्ठको द्धन्द निर्देशन तथा श्याम रायमाझीको छायाँकन रहेको छ । फिल्मले समाजका ठगहरूको कथा भनेको छ ।

