यो साता नेपाली फिल्म हलमा नयाँ तथा पुराना गरी पाँच फिल्म प्रदर्शन छन् । गत साता प्रदर्शनमा आएका ‘हँसिया’ र मेरो ‘बेस्ट फ्रेन्ड’ले केही हलमा दोश्रो सातामा प्रदर्शन हुने अवसर पाएका छन् भने ‘मिस नेपाल’, ‘जोडी नम्बर १’ र ‘लुकी लुकी’ यो शुक्रबार प्रदर्शन भएका फिल्म हुन् ।
अभिनेत्री शुभेच्छा थापाले निर्माण एवं सुरेन्द्र तुलाधरको निर्देशन रहेको ‘मिस नेपाल’ मोफसलमा मात्रै प्रदर्शन भएको छ । ‘मिस नेपाल’ काठमाण्डौमा भने आउँदो जेठ २३ गते रिलिज हुनेछ । फिल्ममा शुभेच्छा थापा, क्षितिजा शाक्य र सविन श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
त्यस्तै मिस नेपाल सँगै प्रदर्शनमा आएको ‘जोडी नं १’ मा निखिल उप्रेती, दिलिप रायमाझी, झरना थापा, अरुणिमा लम्साल लगायतको अभिनय छ । फिल्मलाई उदय सुब्बाले निर्देशन गरेका हुन् । गौतम मानन्धर निर्देशित ‘लुकीलुकी’मा बिनोद श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

