Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजाराम पौडेललाई पितृ शोक

फिल्मीखबर, काठमाण्डौ, 2014/05/30

कलाकार राजाराम पौडेललाई पितृ शोक परेको छ । उनका ८५ वर्षिया पिता सिताराम पौडेलको शुक्रबार बिहान निधन भएको छ । लामो समयदेखि दमको रोगी सितारामको नक्शाल निवासमा निधन भएको हो ।


राजारामको पिताको दाहसंस्कारमा फिल्मकर्मी पनि पशुपती आर्यघाटमा पुगेका छन् । चलचित्र कलाकार संघले आफ्ना सदस्यलाई पशुपतिमा उपस्थित हुन जानकारी गराएको थियो । सय भन्दाबढि फिल्म तथा दर्जनौं टेलिफिल्ममा अभिनय गरिसकेका कलाकार पौडेलको परिवारप्रति फिल्मीखबर परिवार धैर्य धारणको कामना गर्दछ ।