Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

सालिन पहिरनमा हिरोइनको सुन्दरता (फोटो फिचरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/05/30

अभिनेता राजेश हमालले यसै साता दिएको बिहे भोज हिरोइनको पहिरन एवं सौन्दर्यता प्रस्तुत गर्ने थलो बन्यो । हमालको रात्री भोजमा हिरोइनहरु को भन्दा को कम गरी लाजिम्पाटस्थित शंकर होटलामा पुगे ।

 

 



सदावहार सुन्दरी अभिनेत्रीको रुपमा परिचित अभिनेत्री करिश्मा मानन्धर सुन्दरी नहुने कुरै भएन । त्यस्तै अभिनेत्री झरना थापाले पनि राम्री देखिन कुनै कसुर बाँकी नराखेको देखियो । हमालको बिहेमा अभिनेत्री दिपाश्री निर्रौला पनि हरियो पहिरनमा ठाँटिएर पुगेकी थिइन् ।

 

 

 

हमालले बिहे गरेपछि आफुलाई पनि ग्रिन सिग्नल मिलेको भन्दै दिपा उक्त रंगको पहिरनमा पुगेकी हुन् । त्यस्तै एक समय एडल्ट फिल्ममा अभिनय गरेर आलोचित बनेकी अभिनेत्री सुमिना घिमिरे पनि सालिन पहिरनमा अभिनेता हमालको बिहे भोजमा सरिक भइन् । आमा अभिनेत्री अरुणिमा लम्साल भने वन पिसमा थिइन् ।