Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

प्रियंका व्यस्त हुँदा निशालाई फाइदा

फिल्मीखबर, काठमाण्डौ, 2014/05/30

अभिनेत्री प्रियंका कार्की व्यस्त हुँदा अर्की अभिनेत्री निशा अधिकारीलाई फाइदा पुगेको छ । सम्पदक सुरेन्द्र पौडेलले पहिलो पटक निर्देशन गर्ने फिल्म ‘आभास’मा प्रियंकाको सट्टामा निशालाई लिइएको छ ।

‘फन्को’ फिल्मको छायाँकन निर्धारित समय भन्दा लामो हुन गएपछि प्रियंकाले ‘अभास’लाई समय दिन नसकेकी हुन् । निर्माण युनिटले प्रियंकाले समय दिन नसक्ने भएपछि अन्तिम समयमा आएर निशालाई ‘इन्ट्री’ गराएको हो ।

कलाकार संयम पुरीले ‘आभास’ मा निशाको व्वायफ्रेन्ड भएर अभिनय गर्नेछन् । फिल्ममा संयमकी प्रेमिका आस्मा डिसी र सलोन बस्नेतको मुख्य भूमिका रहनेछ । केही दिन अगाडी मूर्हत गरिएको फिल्म मौसममा सुधार आएसँगै छायाँकन सुरु हनेछ ।