Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक शाहदेखि सुमिनासम्मलाई राष्ट्रपतिको सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2014/05/30

बरिष्ठ फिल्मकर्मी निर शाह सहित अन्य पाँच कलाकारले राष्ट्रपतिबाट मानपदवीको सम्मान पाएका छन् । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामवरण यादवले कलाकारितामा योगदान दिए वापत उक्त सम्मान दिएका हुन् ।

मानपदवीको सम्मान पाउनेमा निर्देशक शाह सहित संगीतकार सम्भुजित बाँस्कोटा, गायिका तथा फिल्म ‘राजनीति’ नायिका कोमल वली, नायिका सुमिना घिमिरे, ओस्कर मनोनित फिल्म ‘क्याराभान’ का अभिनेता थिन्ले लोन्डुप लामा छन् । यी निर्देशक तथा कलाकारलाई सुप्रवल जनसेवा, द्धितिय श्रेणीको पदवी प्रदान गरिएको राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिले ३ सय ३ जनालाई विभूषण प्रदान गरे । राष्ट्रपदीय सम्मान पाउने निर्देशक तथा सबै कलाकारलाई बधाई ।