गायक राजेश पायल राईको बोलीले फेल खाएको छ । अमेरिका जान्न भनी अभिव्यक्ति दिएका गायक राई अमेरिका जाने भएका हुन् । आउने जुन महिनामा आफ्नो साँगीतिक कार्यक्रम लिएर राजेश अमेरिका उड्ने छन् ।
जुन १३ तारिखमा अमेरिका उड्ने राजेशको प्रस्तुतीलाई १५ तारिखमा हेर्न पाइनेछ । राई अमेरिकाबाट जुन २३ तारिख क्यानडा जाने छन् । जुन २८ मा क्यानडामा उनले आफ्नो प्रस्तुती दिनेछन् ।
राजेश आफ्नो साँगीतिक कार्यक्रम लिएर अमेरिका र क्यानडा हुँदै मध्य पूर्वी देश मलेसियाको भ्रमणमा निस्कनेछन् । त्यसअघि उनले अष्ट्रेलियामा आफ्नो साँगीतिक कार्यक्रम पस्कनेछन् । मलेसियाका बिभिन्न ४ शहरमा कार्यक्रम तय भईसकेको राजेशको भनाई छ ।
अमेरिकी दुतावासले भिसा रिजेक्ट गरेपछि ‘आइन्दा अमेरिका जान्न’ भनी राजेशले सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । भर्सटायल गायक राजेश देश तथा विदेशको कार्यक्रममा सर्वाधिक उपस्थित हुनेमा पहिलो नम्बरमा नै पर्दछन् ।

