Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

करिश्मा, झरना र दीपाको यो कस्तो दोस्ती ?

फिल्मीखबर, काठमाण्डौ, 2014/05/29

अभिनेता राजेश हमालको बिहे भोजमा सहभागी सेलिब्रेटीको चाल ढाल हेर्न लायकको रह्यो । लाजिम्पाटस्थित शंकर होटलको रात्री भोजमा सहभागी भएका सेलिब्रेटी आफ्नै सुरमा मस्त थिए । कोही भने आफ्नै झुन्ड बनाएर गफिन व्यस्त भए ।

 

 

रात्री भोजमा अभिनेत्रीद्धय करिश्मा मानन्धर र झरना थापाको गफ हेर्न लायक बन्यो । यी दुई अभिनेत्री एक छेउमा बसेर एक अर्कामा गफिन मस्त थिए । यी दुई अभिनेत्री कहिले कानेखुसी त कहिले मोबाइलबाट सेल्फी खिच्नमै व्यस्त देखिन्थे । आ-आफ्ना श्रीमानका साथ राजेशको बिहे भोजमा सरिक भएका यी दुई अभिनेत्री ढिलासम्म बसे ।

 

 

झरना यतिबेला ‘ए मेरो हजुर २’ निर्देशनको लागि प्रि-प्रोडक्सनमा व्यस्त छिन् भने करिश्मा निर्देशनको मनस्थितिमा बनाएर बसेकी छिन् । दुवैले फिल्म निर्देशन गर्ने भएकाले पनि यी दुइको बढी हिमचिम भएको हुन सक्ने लख काटियो ।

 

 

यस्तै अर्की अभिनेत्री दीपाश्री निरौलाले पनि करिष्मासँग यस्तो पोज दिइन् देख्नेहरू हेरेको हेर्यै भए । यि दुईको आत्मियता हेर्न लायकै देखिएको थियो ।