Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

राजेशको बिहे भोजमा प्रधानमन्त्रीदेखि कुटनीतिज्ञसम्म । फिल्मकर्मीको पातलो उपस्थिती

फिल्मीखबर, काठमाण्डौ, 2014/05/29

अभिनेता राजेश हमालको रात्री बिहे भोजमा फिल्म, राजनीति, आर्थिक एवं सामाजिक क्षेत्रका व्यक्तिको उल्लेख्य उपस्थिति रह्यो । बुधबार साँझ ७ बजेदेखि राती साढे १ बजेसम्म चलेको बिहे भोजमा करिब सात सयको संख्यामा पाहुनाहरु राजेश र मधुलाई शुभकामना दिन लाजिम्पाटस्थित होटल शंकरमा पुगेका थिए ।

 

 

प्रधानमन्त्री सुशिल कोइराला राती १० बजेतिर राजेशको बिहे भोजमा पुगेका थिए । त्यस्तै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधव कुमार नेपाल र बाबुराम भट्टराईले पनि राजेशको बिहे भोजमा सहभागी भए । सञ्चारमन्त्री मिनेन्द्र रिजाल, नेताहरू रामशरण महत, प्रकाशमान सिंह, गगन थापा, गोकर्ण विष्ट, सुजता कोइराला, शशाकं कोइराला अन्य लगायत राजनीतिक दलका नेता राजेशको बिहे भोजमा सरिक भए ।

 

त्यस्तै निर्वाचन प्रमुख आयुक्त निलकण्ठ उप्रेती तथा पूर्व काठमाण्डौ प्रहरी प्रमुख रमेश खरेलको समेतको सहभागिता रहेको राजेशको बिहे भोजमा अमेरिकी राजदुत बाहेक अन्य सबै मुलुकका राजदुत सहभागी थिए । कलाकारितातर्फ मह जोडी, करिश्मा मानन्धर दम्पती, झरना थापा दम्पती, दिपक र दिपाको जोडी सहित अन्य दर्जन कलाकारको सहभागिता रहेको थियो ।

 

मधुको हात समाउँदै राजेशले नृत्य शंकर होटलको माहोल निकै नै गर्माएको थियो । यही जेठ १० गते प्रेमिका मधु भट्टराईसँग अभिनेता राजेश हमालले लगनगाँठो कसेका थिए । नयाँ दुलही छोडेर राजेश यही शुक्रबार एक कार्यक्रमको लागि अष्ट्रेलियातर्फ उड्दैछन् ।