Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सेतो बाघ`को टिजर सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2014/05/29

डायमन्ड शम्शेरको चर्चित एवं ऐतिहासिक उपन्यास 'सेतो बाघ'मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘सेतो बाघ’को टिजर सार्वजनिक गरिएको छ । निर शाहले निर्देशन गरेको यो फिल्मको यतिबेला पोष्टको कार्य भईरहेको छ ।



जंगबहादुर राणाको भूमिकामा देखिएका कलाकार बिएस राणासहित फिल्ममा अन्जना कट्टेल, श्याम राई, रवि गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । महाशक्ति मालती मिडियाको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई सञ्जय लामाले खिचेका हुन् भने सम्पादक बनिश शाह हुन् ।