केन्द्रिय चलचित्र जाँच पास समिति (सेन्सर वोर्ड) मा नयाँ अध्यक्षको नियुक्ती भएको छ । सञ्चार मन्त्री मिनेन्द्र रिजालले सेन्सर वोर्डको अध्यक्ष पदमा उमाकान्त पराजुलीलाई हटाएर सञ्चार मन्त्रालयका सहसचिव कविराज खनाललाई नियुक्त गरेका हुन् ।
श्रोतका अनुसार पूर्व अध्यक्ष पराजुलीको कार्य शैलीप्रति असन्तुष्टि जनाउँदै मन्त्री रिजालले नयाँ अध्यक्षको नियुक्ती गरेका हुन् । मन्त्री रिजालले नियुक्त गरेका नव सेन्सर सदस्यलाई हटाउने खेलमा लागेपछि उमाकान्तले अध्यक्ष पद गुमाएको बुझिएको छ ।
मन्त्री रिजालले नियुक्त गरेका सेन्सर सदस्य सुरेश दर्पण पोखरेल, मेलिना मानन्धर र विमल संग्रौलालाई हटाएर आफ्नो पूनर्बहाली होस् भनी पूर्व अध्यक्ष पराजुलीको उक्साहटमा सेन्सरकै सदस्यले तीन सदस्य विरुद्ध हालेको मुद्धा यतिबेला विचाराधिन छ । सेन्सरका तीन सदस्य विरुद्ध हालेको मुद्धा यसै आउने साता किनारा लाग्ने बुझिएको छ ।
नव नियुक्त सेन्सर अध्यक्षले बुधबार ‘सुटर’ नामक फिल्मको सेन्सर समेत गरेका छन् ।

