हिरो हिरोइनको कुनै जोडी नै नहुँदा फिल्म ‘जोडी नम्बर १’ को प्रेसमिट खल्लो बन्यो । यस फिल्मको कार्यक्रममा हिरो र हिरोइन देखिएनन् । निर्देशक उदय सुब्बा र निर्माताले फिल्म बारे जानकारी गराए ।

यही शुक्रबार जेठ १६ गतेबाट प्रदर्शनमा आउने फिल्ममा निखिल उप्रेती, दिलिप रायमाझी, झरना थापा, अरुणिमा लम्साल लगायतको अभिनय छ । आ-आफ्नो व्यस्तता देखाउँदै यी चारै जना हिरो, हिरोइन आफ्नै फिल्मको कार्यक्रममा सहभागी भएनन् ।
शुक्रबार प्रदर्शन हुने फिल्मको बिहिबार मात्रै सेन्सर हुँदैछ । यो फिल्मको प्रचार प्रसार शून्य छ । उदय सुब्बा निर्देशित फिल्मलाई विष्णु सुब्बा, किरण कार्की, प्रशान्त खड्काले निर्माण गरेका हुन् ।

