Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेन्सर नभए अदालत जाने

फिल्मीखबर, काठमाण्डौ, 2014/05/28

सेन्सर प्रक्रिया सहभागिताको लागि ‘१२ नेपाली एक चिहान’ ले फिल्म सम्वद्ध संघ संस्था एवं सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन बुझाउने भएको छ । प्रेसमिट गर्दै निर्माता तथा निर्देशक अरुण प्रधानले निवेदन पेश गर्दा पनि फिल्मको सेन्सर नभए आफु कानुनी प्रक्रियामा जाने बताए ।

 



आफ्नो सृजना गर्भमै मरेको तर्क गर्दै अरुणले भने, ‘फिल्म सेन्सर होस् भनी हामी पहिलो चरणमा सूचना मन्त्रालय तथा फिल्म सम्बद संघ संस्थालाई निवेदश पेश गर्छाैं । यति गर्दा पनि भएन भने हामी मुद्धा लड्न कानुनको ढोकामा जान्छौं ।’ फिल्म सेन्सर पहलको लागि निर्माता संघका अध्यक्ष राजकुमार राई लगायत अन्य फिल्म सम्बद्ध संघ संस्थाका प्रतिनिधिलाई निवेदन हस्तान्तरण गरियो । सञ्चार मन्त्रीलाई यसै साता निवेदन पेश गरिने निर्माता तथा निर्देशकले बताए ।

‘१२ नेपाली एक चिहान’ ले दुई देश बिचको राजनैतिक, सामाजिक, धार्मिक, साम्प्रादायिक सम्बन्धमा असर पुर्‍याउने उद्धेश्यले फिल्म निर्माण नगरिएको निर्माता तथा निर्देशक प्रधानले बताए । उनले भने, ‘मृतक परिवारको स्विकृतिमा नै फिल्म निर्माण गरिएको हो । कुनै पक्षको चलखेलले फिल्मको सेन्सर भएन ।’ यद्पी सेन्सर वोर्डले भने ईराकमा मारिएका १२ नेपालीको मुद्धा अमेरिकी अदालतमा विचाराधिन रहेकाले सोही विषय माथि निर्माण भएको फिल्मको सेन्सर गर्न नमिल्ने बताएको छ ।

‘१२ नेपाली एक चिहान’ को सेन्सर तथा प्रदर्शन रोक्नु भनी सुचना तथा सञ्चार मन्त्रालयले विकास वोर्डलाई पत्र काटेको छ । इराकमा मारिएका परिवारका सदस्यको आग्रहमा फिल्मलाई रोक लगाइएको सञ्चार मन्त्रालयको पत्रमा उल्लेख छ ।