Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`१२ नेपाली एक चिहान`लाई सेन्सर सिफारिस नगर्न निर्देशन

फिल्मीखबर, काठमाण्डौ, 2014/05/27

ईराकमा आतंककारीद्वारा १२ नेपाली मारिएको बिषयमा निर्माण गरिएको फिल्म '१२ नेपाली एक चिहान'लाई सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डलाई पत्र काटेर सेन्सर सिफारिस नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयकी उपसचिव शैलजा रेग्मीले ईराकमा मारिएका नेपालीका पीडित परिवारको आग्रहमा बोर्डलाई पत्र काटिएको बताइन् । 'पीडित परिवारले क्षतिपूर्तिका लागि अमेरिकी अदालतमा मुद्दा दायर गरेका रहेछन्', रेग्मीले भनिन्, 'मुद्दा विचाराधीन रहेकाले फिल्म प्रदर्शनमा रोक लगाउन पीडित परिवारले गरेको आग्रह अनुसार बोर्डलाई पत्र काटेका हौं ।'

फिल्मका निर्देशक अरुण प्रधानले आफूले पीडित परिवारसँग स्वीकृति लिएर उनीहरुसँग गरेको अन्तर्वार्ताकै आधारमा फिल्म बनाएको बताए । फिल्म नै नहेरी प्रदर्शनमा रोक लाग्ने गरी पत्र काट्नु जायज नभएको भन्दै प्रधानले पीडितकै पक्षमा फिल्म बनाएको बताए । यहि बिषयमा जानकारी गराउन भोली फिल्म युनिटले प्रेसमिटको आयोजना गर्दैछ ।


फिल्ममा राजन खतिवडा, जतिन ताम्राकार, रविन्द्र झा, विक्रम सिंह, उत्तम जंग लिम्बु, राम भजन कामत, सुशील थापा मगर, घनश्याम मिश्र, निरञ्जन मेहता, सोनु जयन्ति लगायतका कलाकारको अभिनय छ । फिल्मका निर्माता संगीता प्रधान, रबिन श्रेष्ठ, रबिन राई र भाईसन बर्देवा हुन् । फिल्म यसअघि नै हङकङमा प्रिमियर भइसकेको छ।