भर्खरै छोराको पास्नी गरेका अभिनेता जीवन लुइँटेलले एक दर्जन सन्तानको बाउ बन्ने ईच्छा व्यक्त गरेका छन् । जीवन अभिनित फिल्म ‘स्टुपिड मन’को सार्वजनिक टिजरले यहि कुरालाई देखाएको छ ।
.jpg)
मंगलबार प्रेसमिट गर्दै दिवाकर भट्टराई निर्देशित फिल्म ‘स्टुपिड मन’को फस्टलुक टिजर र पोस्टर सार्वजनिक गरियो । निर्देशक भट्टराईले फिल्म पूर्ण रुपमा प्रेमकथामा आधारित रहेको बताए । उनले भने, ‘मानिस अरु कुरामा जति नै आत्मविश्वास, चलाख रहेपनि प्रेमको मामलामा कमजोर हुन्छ भन्ने कुरालाई फिल्मले देखाउन खोजेको छ ।’
यस्तै निर्देशक भट्टराइले आफ्नो फिल्म 'भर्जिन' रहेको बताए । उनले भने, 'कथा, लोकेशनले यो फिल्म दर्शकका लागि भर्जिन हो ।' अभिनेता जीवन लुईटेलले यो फिल्म आफ्नो करियरको राम्रो फिल्म मध्येको एक रहेको बताए भने निरजले फिल्म निर्माण गर्नु सहज नरहेको बताउँदै राम्रो फिल्म बनाएको दाबी गरे ।
.jpg)
भदौ २० गते अल नेपाल रिलिज हुने फिल्मको पटकथा सामीप्य तिमल्सेनाले तयार गरेका हुन् । अभिनेता निरज बरालले पहिलो पटक ‘स्टुपिड मन’ मा लगानी गरेका छन् । निरजसँगै विवेक शाहीले पनि फिल्मको लगानीमा सहकार्य गरेका छन् । ‘स्टुपिड मन’ मा अभिनेता जीवन लुइँटेलसँगै, निरज बराल, चाँदनी शर्मा, रिजु श्रेष्ठ र मार्टिन खानको मुख्य भूमिका रहेको छ ।
.jpg)
थाइल्याण्डमा छायाँकन गरिएको ‘स्टुपिड मन’ लाई सञ्जय लामाले खिचेका हुन् । अर्जुन पोखरेल र करण राज कार्कीको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको छ । दीर्घ खड्काले सम्पादन गरेको यो फिल्मका करियोग्राफर कविराज गहतराज हुन् ।

