Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 2.40/5.00)
Text size:-
+
-

`६ एकान ६` पछि `वडा नं ६` : ६ मा के छ रहस्य ?

फिल्मीखबर, काठमाण्डौ, 2014/05/27

बर्ष सत्तरी सालमा ‘६ एकान ६’ फिल्म निर्माण गरेर सुपरहिट बनाएको दिपकराज गिरी, दिपाश्री निर्रौला र निर्मल शर्माको टोलीले दोश्रो फिल्म निर्माण गर्ने भएको छ । दिपक, दिपा र निर्मलले निर्माण गर्ने फिल्मको नामाकरण ‘वडा नम्वर ६’ गरिएको छ ।

‘वडा नम्वर ६’ को कथा तयार हुँदै गरेको दिपकले बताए । फिल्म निर्देशनको जिम्मा कसलाई दिने ? भन्ने विषयमा भने छलफल भैरहेको छ । दिपकको अनुसार ‘६ एकान ६’ जस्तै ‘वडा नम्वर ६’ पनि कमेडीमा आधारित हुनेछ । फिल्म बारे दिपकले भने, ‘यो फिल्ममा प्रेमको प्रसंगलाई भने प्राथमिकता दिइने छैन ।’

‘वडा नम्वर ६’ मा ‘६ एकान ६’ का हाँस्य कलाकारहरु दोहोरिने सम्भावना बढी रहेपनि नायिका निता ढुङ्गानाको भने दोहोरिने सम्भावना भने न्युन देखिएको छ । निर्देशक डिसी पनि दोहोरिने सम्भावना कम रहेको बुझिन्छ । निर्देशक र नायिकासँग निर्माण टोलीको त्यती गुलियो सम्बन्ध छैन ।

भदौ महिनामा सुटिङ सुरु गर्ने गरि निर्मातात्रय तिव्र गतिमा ‘वडा नम्वर ६’ को प्रि-प्रोडक्सनको कार्य गर्दैछन् । तीन हाँस्य कलाकारले किन दोश्रो फिल्मको नाममा पनि ६ अंकलाई छुटाएनन् त ? दिपकको तर्क छ, ‘६ एकान ६ बनायौं सुपरहिट भयो । मेरो मोबाइल नम्बरमा पनि दुइ वटा ६ अंक छ । भर्खरै किनेको नयाँ कारमा पनि २ वटै ६ वटा अंक छ । यो ६ मा पक्कै केही लुकेको हुनुपर्छ । त्यसैले दोश्रो फिल्मको नाममा पनि ६ लाई नछुटाएको हो ।’