प्रदर्शनरत फिल्म ‘हँसिया’बाट नेपाली रजतपटमा 'म्यानहन्ट इन्टरनेशल २०१३’ को टाइटल विजेता अनुप विक्रम शाहीले अभिनयमा राम्रो सम्भावना देखाएका छन् । ‘घाँस काट्ने
खुर्केर आयो जोवन हुर्केर..’ भन्दै ‘हँसिया’ बोकेर हिड्ने अनुपको अभिनय कौशलको सबैले प्रशंसा गरे ।
कुनै पनि कलाकारको लागि समिक्षक र दर्शकबाट प्रशंशा मिल्नु खुसीको कुरो हो । आफ्नो अभिनयको तारिफ गरेपछि ह्याण्सम अनुप यतिबेला दंग छन् । ‘हँसिया’को प्रचार प्रसारमा व्यस्त अनुपले फिल्मीखबरसँग भने, ‘फिल्म युनिट दर्शक, मेरो शुभचिन्तक एवं मलाई माया गर्ने सबैप्रति कृतज्ञ छु । सबैको हौसला एवं मायाले मलाई अभिनयमा अझै उर्जा मिलेको छ ।’
अनुपले आगामी दिनमा अझै चुनौतीपूर्ण भूमिका गर्ने ईच्छा रहेको बताए । उनले यसअघि ‘द्रव्य’, ‘सौर्य’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन् । ‘द्रव्य’मा धनी पुस्ता र ‘सौर्य’ मा सुपरहिरोको भूमिका निभाएका अनुप फिल्म नै नचलेपछि त्यती नोटिस भएका थिएनन् ।
मिलन चाम्सको ‘हँसिया’ले भने उनलाई फिल्म सर्जक तथा दर्शकको आँखासम्म पुर्यायो । सुगठित शरिरका धनि अनुप 'हँसिया'मा नेगेटिभ भूमिकामा छन् । उनी स्वयं आफुलाई भिलेनको रोल गर्न मन पर्ने बताउँछन् । हिरो लुक्स भएका अनुपलाई किन भिलेनको रोल गर्न मन लाग्यो त ? उनले भने, ‘फिल्ममा भिलेन पात्र जति बलियो भयो फिल्म त्यती नै बलियो हुन्छ ।’
नेपालमा खतरनाक भिलेन भएर अभिनय गर्ने कलाकारको संख्या कम रहेको औल्याउँदै अनुपले थपे, ‘हिरो लुक्स हुनेले भिलेनको रोल गर्नु हुँदैन भन्ने होइन । बलिउड र हलिउडका हिरोले पनि भिलेनको रोल गरिरहेको हुन्छ ।’ तर हिरो हुने फिल्मको अफर आएको खण्डमा भने अनुप पछि हट्ने पक्षमा छैनन् । उनको तर्क छ, ‘हिरो भएर फिल्म नै नखेल्ने भन्ने होइन । तर, फिल्मको कथा, युनिट र आफ्नो रोल राम्रो हुनुपर्छ ।’
आउने दुई महिनाको अवधीमा भने अनुप फिल्म सुटिङमा व्यस्त हुने छैनन् । विश्वका सत्तरी बढी मुलुकका ह्याण्समहरुको सहभागिता रहने विश्व ह्याण्डसम प्रतियोगीताका लागि अनुप केही महिनामै चीनतर्फ जाँदैछन् । अभिनेता सौगात मल्लका फ्यान अनुप मोडलिङमा समेत व्यस्त छन् । मोडलिङलाई रहर र अभिनयलाई सपना ठान्ने अनुप भन्छन्, ‘दुवैलाई सन्तुलनमा राखेर अगाडी बढ्छु ।’
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-
`हँसिया`का भिलेनलाई छैन हिरो हुने रहर
फिल्मीखबर, काठमाण्डौ, 2014/05/27
- अनुप र आना अभिनीत भुटानी फिल्म ‘टनेल २६’को टिजरमा के छ ?
- ‘माया भनेकै यस्तो होला’को टिजरमा प्रेम र बाध्यताको कथा
- ‘हाम्रो सानो घर’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन
- पल र अञ्जनाले थाले ‘यानीमाया’को छायांकन, फागुन ७ मा रिलिज
- अनमोल र सुहानाको जोडी बाँध्दै ‘ए मेरो हजुर ५’को छायांकन सुरु
- अरुणको बढ्दो डिमान्ड : एक सातामै साइन गरे दुई फिल्म
- ‘गौँथली’लाई चुनौती दिन ‘लज्जावती’ हलमा
- पार्श्व गायनमा अर्जुन सापकोटाको डेब्यू, ‘ककाकिकी’मा गाए गीत
- प्रदीप र सनिशाको इन्गेजमेन्ट गर्दै ‘शुभ विवाह’को घोषणा
- बिहेपछि फिल्म नखेल्ने भनेकी पूजाले फेरिन् बोली
Most Visited News (monthly)

