Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नम्रताले के पाइन् त ?

फिल्मीखबर, काठमाण्डौ, 2014/05/27

‘नोभेम्वर रेन’को व्यापारले धेरैलाई राहत पुर्यायो । निर्माता सुवास गिरीलाई त खुसी मिल्यो नै सँगै ‘नोभेम्वर रेन’ अभिनेता आर्यन सिग्देलको फिल्मी करिअरलाई समेत रजतपटमा बचाई राख्यो ।

लगानी समेत रहेको आर्यनको ‘नोभेम्वर रेन’ असफल भएको खण्डमा आर्यनको फिल्मी भविष्य अँध्यारो हुने धेरैको अनुमान थियो । आर्यनको करिअरलाई टिकाइ राखेको ‘नोभेम्वर रेन’ले नव कलाकार छुल्ठिम गुरुङको करिअरलाई त चम्काइदियो । छुल्ठिमले पहिलो फिल्मबाटै सबैको वाहीवाही पाइन् । ‘नोभेम्वर रेन’बाट उनी डल्लीको नामले नोटिस भैरहने छिन् ।

‘नोभेम्वर रेन’ले निर्माताको लगानी करिब-करिब सुरक्षित गरायो । रजतपटमा अभिनेता आर्यन सिग्देलको अस्तित्व जोगायो । ‘नोभेम्वर रेन’ कै मुख्य पात्र अभिनेत्री नम्रता श्रेष्ठलाई चाहि ‘नोभेम्वर रेन’ले के दियो त ?

फिल्म रिलिज ताका छुल्ठिमको चर्चा बढी भयो । छुल्ठिमको चर्चाले छायाँमा नम्रता परिन् । यद्पी फिल्म छायाँकनको बेला नम्रतालाई हाइलाइट गरेको भन्दै छुल्ठिमले सेट नै छोडेर हिंडेको भन्ने समेत चर्चा थियो । तर, फिल्म रिलिज पश्चात छुल्ठिमको चर्चा बढी नम्रता बढी कम भयो । त्यसैले होला फिल्मी जम्का भेटमा सुन्ने गरिन्छ , ‘नोभेम्वर रेन’ चलेर नम्रताले के पाइन् त ?