Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

झरनाको `ए मेरो हजुर २`मा अनमोल केसी

फिल्मीखबर, काठमाण्डौ, 2014/05/27

अभिनेत्री झरना थापाले निर्देशन गर्ने फिल्म ‘ए मेरो हजुर २’ मा भुवन केसी पुत्र अनमोल केसी खेल्ने भएका छन् । बाउ र छोरा दुवैसँग फिल्म खेल्ने बारे मौखिक सहमती भैसकेको निर्देशक थापाले बताइन् ।

 

‘ए मेरो हजुर २’ को प्रि-प्रोडक्सनमा व्यस्त झरनाले भनिन्, ‘भुवन दाई र अनमोलसँग फिल्म खेल्ने बारे कुरा भैसकेको छ । दुवैले फिल्म खेल्न मौखिक सहमती जनाइसक्नु भएको छ ।’ भुवनले निर्देशन गर्ने ‘ड्रिम’ पछि अनमोल झरनाको ‘ए मेरो हजुर २’ को छायाँकनमा व्यस्त हुनेछन् ।

 

‘ए मेरो हजुर २’ मा अनमोल खेल्ने मौखिक सहमती भैसकेपनि अन्य मुख्य दुई कलाकार भने फाइनल हुन बाँकी छन् । मुख्य दुई हिरो र हिरोइनको खोजी भैरहेको झरनाले बताइन् । फिल्ममा निर्देशक झरना र अभिनेता श्रीकृष्ण श्रेष्ठको समेत छोटो भूमिका रहनेछ । शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’ मा झरना र श्रीकृष्णको मुख्य अभिनय थियो ।

 

भदौ महिनादेखि छायाँकनमा जाने यो फिल्मको हाल संगीत तथा स्क्रिप्टको कार्य हुँदैछ । झरनाका पति सुनिल कुमार थापाको निर्माण रहने फिल्ममा बसन्त सापकोटा संगीत सृजना एवं शिवम अधिकारी स्क्रिप्ट लेखनमा व्यस्त छन् । फिल्मको कथा झरनाकै हो । आउँदो नयाँ वर्षमा ‘ए मेरो हजुर २’ ले प्रदर्शन मिति तोकेको छ ।