Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म समिक्षकले `क्रिटिक्स अवार्ड` गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/05/27

नेपाल चलचित्र समीक्षक समाजले ‘नेपाल फिल्म क्रिटिक्स अवार्ड’ आयोजना गर्ने भएको छ । २०७० सालमा रिलिज भएका नेपाली फिल्महरुलाई मूल्यांकन गरी सात विधामा अवार्ड दिइनेछ ।

 

काठमाडौंमा अध्यक्ष यज्ञशको नेतृत्वमा सोमबार बसेको समीक्षक समाजको बैठकले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन र उत्कृष्ट सम्पादन विधाहरुमा अवार्ड दिने निर्णय गरेको छ ।


२०७० सालमा रिलिज भएका फिल्ममध्येबाट ‘सर्ट लिस्ट’ छानिइने छ । ‘सर्ट लिस्ट’ तयार पार्नका लागि दीपेन्द्र लामाको संयोजन, पुनम महर्जन र विष्णु शर्मा सदस्य रहेको छनोट समिति गठन गरिएको छ ।


‘सर्ट लिस्ट’मा परेका फिल्महरु समीक्षक समाजका सबै सदस्यले अवलोकन गर्नेछन् । फिल्म हेरेका सदस्यहरुको मतदानका आधारमा विजेता छानिनेछन् । समाजले विजेताको सूची आगामी असार १ का दिन पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछ ।


विजेतालाई ट्रफी तथा प्रमाणपत्र चाहिँ सूची सार्वजनिक भएको केही दिनपछि हस्तान्तरण गर्ने योजना समाजले लिएको छ । फिल्म मूल्यांकनका मापदण्डहरु जुरी संयोजक अनुप सुवेदीले तयार पार्नेछन् । समाजले हरेक वर्ष अवार्डलाई निरन्तरता दिनेछ ।