Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकालाई अर्को धक्का

फिल्मीखबर, काठमाण्डौ, 2014/05/26

अभिनेत्री प्रियंका कार्कीलाई अर्को धक्का लागेको छ । ‘आवरण’ लगत्तै प्रदर्शनमा आएको प्रियंका अभिनित अर्को फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’को ओपनिङ विजनेस राम्रो रहेन ।

 

नव अभिनेत्री हेमा श्रेष्ठको एक्सनले भरिपूर्ण ‘हँसिया’को अगाडी प्रियंकाको ‘मेरो बेस्ट फ्रेन्ड’ko व्यापार फिक्का देखियो । ‘हँसिया’ को तुलनामा 'मेरो बेस्ट फ्रेन्ड’ले हल संख्या पनि कम पायो । जसले गर्दा व्यापारमा प्रत्यक्ष असर पर्यो ।


फिल्मको व्यापार जे जस्तो भएपनि पहिलो फिल्ममै प्रियंकाको अभिनय कुशल रहेको प्रतिक्रिया प्रिमियरमा सहभागीले दिएका थिए । ‘मेरो बेस्ट फ्रेन्ड’मा प्रियंकाले कल गर्लको भूमिका निभाएकी छिन् । राम्रै व्यापार गरेको ‘झोले’ र ब्लकबस्टर फिल्म ‘नाईं नभन्नूल २’ बाट सफलता पाएकी प्रियंकालाई दुई फिल्मको लगातारको न्यून व्यापारले भने केहि धक्का दिएको छ ।

प्रदर्शनको क्रममा रहेको ‘सुन्तली’ मा शिर्ष भूमिका निभाएकी प्रियंका हाल सुवर्ण थापा निर्देशित फिल्म ‘फन्को’ को सुटिङमा व्यस्त छिन् । प्रियंका पछिल्लो समय अत्याधिक रूचाईएकी अभिनेत्री हुन् ।