Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अरुणिमाको आगमनले के पायो त ?

फिल्मीखबर, काठमाण्डौ, 2014/05/23
एक समय नेपाली फिल्म बजारमा राम्रै संख्यामा हिट फिल्म दिएकी अभिनेत्री अरुणिमा लम्साल गत शुक्रबार फिल्म ‘पीपल’ मार्फत पुनः दर्शकमाझ झुल्किइन् । तर उनको पुनरागमन बह्ने सुखद हुन सकेन ।
 
गत वर्ष अरुणिमा अभिनित फिल्म ‘उर्वशी’ प्रदर्शनमा आएपनि त्यस फिल्ममा उनको मुख्य भूमिका थिएन । ‘पीपल’ मा अरुणिमाले दलित आमाको भूमिका निभाएकी थिइन् । उनकै सेरोफेरोमा फिल्म घुमेको छ । अभिनेता किशोर खतिवडासँगै प्रचारमा हाइलाईट भए जसरी अरुणिमा फिल्म हलमा भने हाइलाइट भइनन् । 
 
अरूणिमाको फिल्म व्यापारिक हिसाबमा सिधै फल्प बन्यो । अन्य फिल्मको चेपुवामा परेको अरुणिमाको ‘पीपल’को व्यापार अत्यन्त न्यून रह्यो । नेपाली फिल्ममा फिल्म हिट गराउनलाई व्यापक चर्चाको आवश्यक देखिन्छ । जुन चर्चा अरुणिमाको फिल्मले पाउन सकेन ।