'स्पार्क' अर्थात् ‘झिल्को’ फिल्मको निर्माण घोषणा गरिएको छ । जनक पाण्डेको निर्देशन एवं शान्ति पोखरेलको लगानीमा ‘स्पार्क’ फिल्म निर्माण हुने भएको हो । बिहिबार एक औपचारिक कार्यक्रमका बिच यस फिल्मको शुभ साईत गरियो ।
.jpg)
‘स्पार्क’को यही जेठ २० गतेबाट छायाँकन सुरु हुनेछ । बलिउडका आधा दर्जन टेलिफिल्ममा सह-निर्देशकको जिम्मेवारी सम्हालेका पाण्डेले 'स्पार्क'लाई बन्दै गरेको नेपाली फिल्म भन्दा राम्रो बनाउने बताए । निर्देशकले फिल्मबारे भने, ‘अभिभावकबाट छुट्टिएका सन्तानले कस्तो समस्या भोग्नु पर्छ भन्ने कुरा फिल्ममा देखाइनेछ ।’ उनले फिल्मबारे थप खुलाउन चाहेनन् ।
पहिलो पटक फिल्म निर्माणमा हात हालेकी शान्ति पोखरेलले पनि दर्शकलाई मन पर्ने फिल्म निर्माण गर्ने बताइन् । ‘स्पार्क’ मा एनी कुँवर र सन्दिप श्रेष्ठले मुख्य भूमिका निर्वाह गर्दैछन् । रामशरण उप्रेतीको छायाँकन रहने ‘स्पार्क’ लाई काठमाण्डौं, पोखरा र पाल्पामा खिचिनेछ । कविद बज्रको संगीत एवं कविराज गहतराजको नृत्य निर्देशन रहने फिल्ममा द्धन्द्धका दृश्य नराखिने निर्देशकले बताए ।

