Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

एकदमै कम स्तरको बिहे गर्दैछु : राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2014/05/22

अभिनेता राजेश हमालको बिहे हुने प्रसंगले यतिबेला फिल्म क्षेत्र गर्माएको छ । बिहेको कुराले गर्मिएको बेला साप्ताहिक टेलिभिजन कार्यक्रम रजतपटमा अभिनेता हमालले आफ्नो बिहेको विषयलाई लिएर गरेको कुराकानी उनकै शब्द शैलीमा ।

मौसम नै बिहेको छ । त्यसैले बिहे लागिरहेको छ । बिहेको तयारी धेरै नै माथि पुगि सकेको छ । मैले उनलाई (प्रेमिका मधु भट्टराई) आफ्नै तरिकाले प्रप्रोज पनि गरें । तर त्यो हाम्रो व्यवहार भित्र पर्ने त हैन तरपनि औपचारिक रुपमा प्रपोज गर्रौं भन्ने एउटा मेरो व्यक्तिगत मनसाय मात्रै थियो ।

आमाको एउटा चिनो दिएँ । अमेरिकाबाट आउनु पर्ने दिदी बहिनी पनि आइपुग्नु भयो । त्यसैले बिहेको एकदम तयारी छ । नेपालीमा एउटा उखान छ नि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ । हात्ती नआउन्जेल ओहो ! के के न हुन्छ भनेर भन्यो आएपछि चाहिं यही त रैछ भने जस्तो । बिहे पनि त्यस्तै नै हो ।

बिहे भोज १४ गते भन्दा अगाडी नै बिहेको कार्यक्रम हुन्छ । दश गते या एघार गते बिहेको कार्यक्रम हुन्छ । दुलही तर्फबाट मिति पक्का हुँदैछ । बिवाह हिन्दु परम्पराले काठमाण्डौबाटै हुन्छ । बिवाहको कार्यक्रम जति सक्दो चाँडो हुन्छ, मैले आफ्नो गुरुजीलाई पनि भनिसकेको छु ।

मलाई फूलै फूलले सिङ्गारिएको गाडीमा आर (राजेश) प्लस एम (मधु) लेखेर लावलस्कर जन्ती लिएर जानु छैन । १४ गतेको भोजमा चाहिं सबैको जमघट त भैहाल्छ । जन्तीमा मेरो रगतको नाता मात्रै हुन्छन् होला । भोजमा ३ सय बढीको सहभागिता नाघ्ने हामीले अनुमान गरेका छौं । म एकदमै कम स्तरको बिहे गर्दैछु । धार्मिक परम्परा नै मेरो बिहेको महत्वपूर्ण पाटो हो ।

बिहेसँग गाँसिएका अन्य तामझाम चाहिं जति सक्दो कम गर्छु । तर मुख्य मण्डप, साथी र गुरुजीहरुको औपचारिकता होस् भन्ने मनसाय हो । बिहेलाई मैले जीवनको एउटा पाटोको रुपमा लिएको छु । तर जीवन त आफ्नो गतिमा बगी नै रहन्छ । प्रप्रोज राखेको भोलिपल्टै मैले चोभारमा एउटा विज्ञापनको सुटिङ गरें । बिवाह पछि पनि त्यही नै होला जस्तो छ ।

भोज लगत्तै म कार्यक्रमको लागि अष्ट्रेलिया जाँदैछु । त्यो मेरो कुनै व्यक्तिगत भ्रमण होइन । त्यसैले मधुजलाई सँगै लिएर जाने छैन । नयाँ दुलही हो अब उसको पनि मन राखिदिनु पर्यो । उताबाट आएपछि उसको कतै केही छोटो कार्यक्रम बनाइएला ।