Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हर्षिकाले पाइनन् पारिश्रमिक

फिल्मीखबर, काठमाण्डौ, 2014/05/22

अभिनेत्री हर्षिका श्रेष्ठले फिल्म खेले वापत पाउन पर्ने आफ्नो पारिश्रमिक रकम नपाएको गुनासो पोखेकी छिन् । शुक्रबार साप्ताहिकसँगको अन्तरंग कुराकानीमा हर्षिकाले यस्तो गुनासो पोखेकी हुन् ।

यही जेठ ३० गते प्रदर्शन हुने ‘मुखौटा’ फिल्मकी अभिनेत्री श्रेष्ठले भनेकी छिन्, ‘अपेक्षित पारिश्रमिक पाइँदैन । दिने भनिएको पारिश्रमिक पाउन पनि निकै कुर्नुपर्छ ।’ हालसम्म अभिनय गरेका दश फिल्म मध्ये चारवटा बाट आफ्नो पारिश्रमिक पाउन बाँकी रहेको हर्षिकाले खुलाएकी छिन् ।

आफ्नो कमलो मन भएका कारण लिन बाँकि पारिश्रमिक उठ्न नसकेको उनको ठम्याइ छ । फिल्मबाट पारिश्रमिक नै नआएपछि कसरी चल्छ त हिरोइनको जीवन ? हर्षिकाले भनेकी छिन्, ‘म्यूजिक भिडियो र विज्ञापनले जीवन धान्न सहज बनाइरहेको छ ।’ एक फिल्मकर्मीसँगको प्रेममा धोका पाएकी हर्षिकाले अब भने फिल्म क्षेत्र भन्दा बाहिरको व्यक्तिसँग प्रेम गर्ने बताएकी छिन् ।

‘मुखौटा’ अभिनेत्री हर्षिकाको अर्को फिल्म फिल्म ‘नागबेली’ आउँदो असार २७ गते अल नेपाल प्रदर्शन हुँदैछ । हर्षिकाले पारिश्रमिक नपाएको फिमको नाम भने खुलाउन चाहिनन् ।