
मौलिक कथावस्तु र फिल्मको निर्देशन एवं निर्माण पक्ष उत्कृष्ट लागेर ‘साँघुरो’ लाई उक्त च्यानलले प्रसारण गरेको हो । यस बारे जानकारी गराउन जेठ ७ गते साँझ सुन्धारास्थित सिटीसी मलमा प्रेस शोको आयोजना गरियो । फिल्म निर्देशक जोयश पाण्डेले आफ्नो फिल्म विश्व प्रसिद्ध च्यानलबाट प्रसारण भएकोमा खुसी व्यक्त गरे । त्यहाँ ‘साँघुरो’ लाई पनि देखाइयो ।
शुशाकं मैनाली, दिया मास्के, दयाहाङ राई, अरुणा कार्कीको मुख्य भूमिका रहेको ‘साँघुरो’ साँघुरो कोठा गरी बस्ने दम्पतीको यौन मनोभावमा आधारित फिल्म हो । सुमित मैनालीको लगानी रहेको फिल्ममा शुसन प्रजापतीको छायाँकन रहेको छ । सार्क फिल्म फेस्टिभलमा समेत मनोनित यस फिल्मको अन्र्तराष्ट्रिय बजार प्रवद्र्धन माउण्टेन रिभर फिल्मस्ले गरेको छ ।
वैशाख ७ गते यस संस्थाले आयोजना गरेको ‘साँघुरो’ हेर्ने कार्यक्रममा फिल्म युनिट एवं अन्य केही फिल्मकर्मीको सहभागीता रहेको थियो । ‘साँघुरो’ नेपालमा प्रदर्शन भैसकेको फिल्म हो । यसलाई पुन: नेपालमा रिलिज गर्ने योजना निर्माण युनिटले बनाएको छ ।

