Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकारिता दिवस : तीन पत्रकारलाई सम्मान तथा पुरस्कार

फिल्मीखबर, काठमाण्डौ, 2014/05/21

१५ औं चलचित्र पत्रकारिता दिवसको अवसरमा पारेर नेपाल चलचित्र पत्रकार संघले चलचित्र पत्रकार विदुर गिरीलाई सम्मान एवं अर्का पत्रकारद्धय कृष्ण भट्टराई र राज श्रेष्ठलाई चलचित्र पुरस्कार प्रदान गरेको छ ।

 

 

 



पत्रकार गिरीलाई ट्रफी, खादा, ढाका टोपी एवं सम्मान पत्रले चलचित्र पत्रकारिता सम्मान २०७१ बट सम्मानित गरियो । त्यस्तै चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित भएका भट्टराई र श्रेष्ठलाई खादा, ट्रफी, प्रमाणपत्र तथा प्रति व्यक्ति पन्ध्र हजार ५ सय ५५ रुपैयाँ प्रदान गरियो । ‘आमा’ फिल्मका तीन अभिनेत्री भूवन चन्द, बसुन्धरा भुषाल र चैत्यदेवीले सम्मानित एवं पुरस्कृत व्यक्तिलाई सम्मान पत्र र प्रमाण पत्र वितरण गरे ।

 

 



सम्मानित एवं पुरस्कृत व्यक्तिलाई विभिन्न व्यक्ति एवं संघसंस्थाले उपहार प्रदान गरेका थिए । भर्खरै सम्पन्न नेपाल चलचित्र पत्रकार महासंघ निर्वाचनबाट सचिव पदमा विजयी ध्रुव लम्साललाई पनि चलचित्र पत्रकार संघले सम्मान गर्यो । चलचित्र संघको १५ औं वार्षिक उत्सवको अवसरमा वर्तमान अध्यक्ष शान्तिप्रिय, संस्थापक अध्यक्ष भरत शाक्य र निवर्तमान अध्यक्ष विदुर गिरीले संयुक्त रुपमा केक काटे ।

 

 

कार्यक्रममा दर्जन बढी फिल्मकर्मी, एवं फिल्म सम्वद्ध संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । सम्मान तथा पुस्कार कार्यक्रममा चलचित्र पत्रकार संघको वेबसाइट डब्लूडब्लूडब्लू एफजेएनेपाल डट कम (www.fjanepal.com) लञ्च एवं ०७१ सालको क्यालेन्डर पनि सार्वजनिक गरियो ।